वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना

वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई महानगरले तोक्यो १ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ ।महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् ।  

    निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ ।

    पत्रमा भनिएको छ, ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको ।’

    फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको पत्रमा उल्लेख छ ।

    राप्रपाले आइतबार पूर्वराजाको स्वागतमा एयरपोर्ट, तिलगंगा गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij