काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सवारी आवागमन अस्तव्यस्त बनेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट विमान चार्टर्ड गरी काठमाडौं आउन लागेपछि उनका समर्थक सडकमा उत्रिँदा समस्या भएको हो ।
राजावादीहरुको समूह विमानस्थल आसपास पुग्ने क्रम जारी छ।राजावादीहरुले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ। प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको छ। यो रुटमा चल्ने सवारीसाधन डाइभर्ट गरिएको छ।
विमानस्थलमा उत्रिएर गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै निर्मल निवास पुग्ने कार्यक्रम छ। उनको स्वागतमा राप्रपा, राप्रपा नेपाललगायत राजावादीहरु विमानस्थल आसपास गएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
पूर्वराजाका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको छ । चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट ९गोल्डेन गेट०मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
उनीहरुले सोधपुछ र चेकजाँचपछि मात्रै प्रवेश दिएका छन्। केही मोटरसाइकलमा सवार व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन्।