काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो । हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ ।
साथै विमानस्थल प्रवेशमा कडाइका साथै निगरानी भइरहेको छ। पठाओ र इन्डाइभलाई विमानस्थल प्रवेश गर्न दिइएको छैन।वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेको छ । त्यस्तै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ । जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ । विमानस्थलबाट प्रहरीले भीड गरेर समेत दिइएको छैन ।
विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह आज १ बजे हवाइमार्गबाट काठमाडौं आउँदैछन् । उनको स्वागतमा राप्रपा र राप्रपा नेपाल लगायत राजावादीहरु विमानस्थल जाने तयारी गरिएको छ । सोही कारण सुरक्षा व्यवस्था कडा गरिएको हो ।