पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै, कहाँ–कहाँबाट निकालिँदै छ र्‍याली ?

पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै, कहाँ–कहाँबाट निकालिँदै छ र्‍याली ?

आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै, कहाँ–कहाँबाट निकालिँदै छ र्‍याली ?

    काठमाडौं । पोखरामा एक साताको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं फर्किंदै छन् । उनको स्वागत गर्न राजावादी समूह, विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

    शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । समर्थकहरूले जुलुससहित उनलाई पुर्याउने तयारी गरेका छन् ।

    काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरू विमानस्थलसम्म पुग्नेछन् । शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, शिव सेना नेपाल, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायतका समूहहरू सक्रिय छन् ।

    राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्‍याली तिनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

    यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

    यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्‍याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पुर्याउन जाने छन् ।

    पूर्वराजाको स्वागतमा समर्थकहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । भिड नियन्त्रण र अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।

    राजावादीको प्रदर्शनमा सम्भावित भिडभाड र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

    बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य चोकहरूमा पनि अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले जुलुस अनियन्त्रित हुन सक्ने आँकलन गर्दै सुरक्षा रणनीति तयार पारिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij