सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

    काठमाडौं । वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका लागि परीक्षण उडान गरेको हो ।

    यती एअरलाईन्सको एन–एएमएन एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

    नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो सवा १२ बजे अवतरण गरेको थियो । भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो ।

    परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनीधिहरुको टोली साथमा रहेका थिए ।

    यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य यती एअरलाईन्सले परीक्षण उडान गरेको जनाएको छ ।

    यती एअरलाईन्सले सात वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij