काठमाडौंमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिँदै, रोजगार दशकसमेत घोषणा हुने

काठमाडौंमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिँदै, रोजगार दशकसमेत घोषणा हुने

शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौंमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिँदै, रोजगार दशकसमेत घोषणा हुने

    काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौंमा आयोजना गर्ने भएको छ । 

    शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

    नेपालको रोजगारीको क्षेत्रमा देखा परेको संकुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्न ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१’ मार्फत सम्पूर्ण सरोकारवालाहरुवाट उचित पृष्ठपोषण प्राप्त हुने अपेक्षा मन्त्रालयको रहेको छ ।

    देशमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जनामा सरकार केन्द्रित हुन सम्मेलनबाट आवश्यक सल्लाह सुझाव लिने तयारी गरिएको बताइएको छ । 

    सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij