कञ्चनपुर । बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।
रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्षमा निर्वाचित भएका थिए । उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण क्षति भएको नगर उपप्रमुख जोगराम चौधरीले बताइन ।