सुतिरहेको ठाउँमा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु

सुतिरहेको ठाउँमा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु

शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • सुतिरहेको ठाउँमा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा राती सुतिरहेको ठाउँमा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब पौने ४ बजे शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकछेउको टहरोमा पुग्दा सुतिरहेका तीनजनाको ज्यान गएको हो ।  

    मृत्यु हुनेमा २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजन रहेको प्रहरी प्रभाग साँखुले जनाएको छ । घाईते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा सो घट्ना भएको हो ।  ६१ जना बस्ने गरेको टहरामा टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij