काठमाडौं । जनकपुरबाट उडेको बुद्ध एयरको नाइनएनएएचको जहाज एउटा पांग्रा (नोज ह्वील) बिना नै काठमाडौंमा अवतरण गरेको छ । जहाज जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ः४५ मा उडेको थियो। तर, उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो ।
काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको पाइएको हो । तर, सफल अवतरण हुँदा ठूलो दुर्घटना हुनबाट भने बचेको छ ।