वडा कार्यालय निर्माणका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

वडा कार्यालय निर्माणका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • वडा कार्यालय निर्माणका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान
    सुन्दरबजार (लमजुङ) । यहाँको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडा कार्यालय निर्माण गर्नका लागि स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र उनकी धर्मपत्नी आशमाया श्रेष्ठले एक रोपनी ११ आना जग्गा दान गरेका छन् । 
     
    जग्गा प्राप्तिसँगै अब वडा कार्यालयको भवन निर्माण गर्ने बाटो खुलेको छ । दान गरिएको जग्गाको हालको मूल्य प्रतिरोपनी रु १८ लाख रहेको छ । दान गरिएको जग्गा जम्मा रु ३० लाख बराबरको रहेको वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।
     
    चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ३० लाख र सुन्दरबजार नगरपालिकाले रु ३० लाख गरी जम्मा ६० लाख बजेट वडाको भवन निर्माण गर्न विनियोजन गरिसकेको छ । अब छिट्टै भवन निर्माण सुरु गरिने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij