काठमाडौं । बराह बचत तथा ऋण सहकारी प्रकरणमा पक्राउ परेका मध्ये ८ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । न्यायाधीश मुकेश उपाध्यायको इजलासले बुधबार थुनछेक बहसपछि ८ जनालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अन्य ३ जनालाई भने धरौटी माग गरेको छ ।
अदालतले जतनमाया, सरिता र विष्णुकुमारीको हकमा भने जनही पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ । बराह सकारीको पौने ११ अर्ब बचत अपचलन मुद्दामा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दामा अनुसन्धान गरिएको थियो ।
जसमा मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता ९कालीकोटे० विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल ९सुनार०, फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए ।