बारा प्रहरीको हिरासतबाट एक कैदी फरार

बारा प्रहरीको हिरासतबाट एक कैदी फरार

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • बारा प्रहरीको हिरासतबाट एक कैदी फरार

    काठमाडौं । बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा– २ निवासी महेश चौधरी फरार भएका हुन् । 

    उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् । फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij