एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए रवि लामिछाने

एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए रवि लामिछाने

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

    सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो । लामिछाने हिजै १ करोड रूपैयाँ बैङ्क ग्यारेन्टी बुझाएर छुटेका हुन् ।

    यसअघि जिल्ला अदालत कास्की र काठमाडाैंले जस्तै रुपन्देहीले पनि तत्काल प्राप्त प्रमाणबाट रवि लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाइ धरौटी मागेको हो ।

    ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम एक करोड रुपैयाँ धरौटी लिई तारिखमा राख्नू’ जिल्ला अदालतको आदेशमा उल्लेख छ ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाण्डौ जिल्ला अदालतको अदालतबाट ६० लाख धरौटीमा माघ २ गते रिहा भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij