काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।