रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो ।

    रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ । साेही कारणले गर्दा आजै आदेश आउने सम्भावना बढी रहेको छ । 

    सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।

    न्यायाधीश योगीको इजलासमा विहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रबार जाहेरीतर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए । शुक्रबार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबारदेखि लामिछाने अदालतमा नियमित हाजिर भएर मुद्दाको प्रतिवाद गर्दै आइरहेका छन् ।

    न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

    लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij