प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।

    उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।

    त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij