विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो

विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले १ हजार ३ सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।

    कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् । 

    उनीहरुबाट २ करोड ८२ लाख २१ हजार ९ सय १६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रमुख श्रेष्ठका अनुसार १ हजार ६ सय ६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार ५ सय ६७ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । 

    उनीहरुबाट १ करोड ५ लाख ४६ हजार १ सय ८८ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने “नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।”

    भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij