चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

    चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छिन्। चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
     
    शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन्। उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरे। रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भएका हुन् ।
     
    उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएका छन । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरिन् । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएकी छिन् । 

    कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गरेका छन्। महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएकी हुन् । 

    खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएका निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij