आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको ननफाईलर घटाउने विशेष सिर्जनात्मक अभियान

आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको ननफाईलर घटाउने विशेष सिर्जनात्मक अभियान

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको ननफाईलर घटाउने विशेष सिर्जनात्मक अभियान

    काठमाडौं । आय विवरण नबुझाएका करदातासँग कर उठाउन आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले नयाँ उपाय अपनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७०÷७१ देखी आय विवरण नबुझाई ननफाईलर रहेका सबै करदाताहरुलाई जरिवाना रकमसहित उल्लेख गरी पत्राचार गरेको हो । 

    करदायित्वको रकम, छुट सुविधाको रकम र तोकिएको अवधिमा आय विवरण र कर दाखिला नगरिएमा लाग्न सक्नेशुल्क, व्याज र जरिवाना सहितको रकम गणना गरी पत्राचार गरिएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।

    आर्थिक ऐनले दिएको छुट सुविधा उपभोग गर्ने अवधि आगामी फागुन मसान्तसम्म रहने गरेको छ । करदाताहरुलाई सो सुविधाबाट कोही पनि बन्चित हुन नपरोस भन्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरिएको आचार्यले बताए । 

    पहिले पनि यस्ता किसिमका छुटसुविधाका लागि फोन, म्यासेज गर्दा बेवास्ता गर्दै आएपछि पत्राचार नै गर्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख आचार्यले बताए । कार्यालयको यस कदमले विगत धेरै वर्षदेखी ननफाईलर रहेका करदाताहरलाई पत्रको माध्यामबाट विस्तृत र स्पष्ट व्यहोरा संप्रेषण गर्दा यसको परिपालनामा उल्लेख्य सहभागिता बढ्ने प्रक्षेपण आचार्यको छ । 

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij