काठमाडौं । बाख्रा चराउन गोठाला गएका दिदीबहिनी मृत अवस्थामा फेला परेको छ । अछामको मृत भेटिनेमा ढकारी गाउँपालिका–८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।
शुक्रबार बाख्रा चराउन गएका एकै घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको प्रहरीले जनाएको छ ।
घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीरमा रहेको प्रहरीले जनाएको छ ।