आज कांग्रेस संसदीय दलको बैठक बस्दै, के–के छन् छलफलका एजेन्डा ?

आज कांग्रेस संसदीय दलको बैठक बस्दै, के–के छन् छलफलका एजेन्डा ?

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • आज कांग्रेस संसदीय दलको बैठक बस्दै, के–के छन् छलफलका एजेन्डा ?

    काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने भएकाे हाे ।

    संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

    बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने जनाइएकाे छ ।

    आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij