देशमा पश्चिमी वायूको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

देशमा पश्चिमी वायूको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • देशमा पश्चिमी वायूको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

    आइतबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने पूर्वानुमान छ ।

    राति कोशी, बागमति र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौमस सफा रहने पनि महाशाखाले जनाएको छ ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij