काठमाडौं । रूकुम पश्चिममा प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला परेका छन्। मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जनाइएको छ ।
सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेका थिए। स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको प्रहरीले जनाएको छ ।
लोकेन्द्रको आमा बिरामी थिइन्। उनका बुबाले श्रीमतिलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए। त्यही समयमा घरमा यस्तो घटना घटेको हो।
प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ।