काठमाडौं । गोरखामा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा छायाँ पर्यो भन्दै हाँगा काट्न आफ्नै घरपछाडि रहेको बरको रुखमा चढेर लामिछाने खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको छ ।