काठमाडौं । गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेका पं्रहरीले जनाइएको छ ।
माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४ स्थित देउराली पिस पार्कको पश्चिम गेटमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको जनाइएको छ ।
महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको र विगत ७ वर्षदेखि माइतिघरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी खटिएको जनाइएको छ ।