बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

    बैतडी । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । 

    दुर्घटनामा सिगास–१  इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij