चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

    इनरूवा । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

    चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए । 

    दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

    चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई  समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताए।

    चिसोलाई मध्य नजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले यसबाट जोगिन नागरिकलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

    सीमा क्षेत्रमा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले चिसोका बेलामा आगो तप्नका लागि लौकही, घुस्की, देवानगञ्ज लगायतका क्षेत्रमा दाउरा वितरण गरेको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij