नेपाल प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • नेपाल प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।केही जिल्लाका एसपी एसएसपीमा बढुवा भएका र केहीको एक वर्ष पूरा भएकाले जिल्ला प्रहरी प्रमुखसमेत हेरफेर गरिएको हो। 

    यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ। चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन्। 

    यस्तै, दुर्गाराज रेग्मीलाई नुवाकोट, सन्तोष तामाङलाई बारा र रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।  सुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाईमा सरुवा भएका छन् । सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा काज सरुवा गरिएको छ ।

    हेर्नुहोस् पूरा सूची :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij