राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

    खाँदबारी । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको आज हिरक महोत्सवको उद्घाटन गर्दै  माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए। ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ ।

    कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले उनले बताए । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उनले बताए।

    यो खण्डमा सेनाले डबल ल्याण्डको १०.५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ ।  सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । 

    यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किलोमिटर सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथाङ्का सडकको दुरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij