राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनीको राजस्व रकम हेरफेर गर्ने २ जना पक्राउ

राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनीको राजस्व रकम हेरफेर गर्ने २ जना पक्राउ

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनीको राजस्व रकम हेरफेर गर्ने २ जना पक्राउ

    काठमाडौं । आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकममै हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

    उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्‍याई करको दर हेरफेर गरेको सीआईबीले जनाएको छ।

    करको दर हेरफेर गरेको भन्दै विभागले सीआईबीलाई २५ पुसमा पत्र लेख्दै अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।

    पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्ममा लेखापरीक्षण गर्ने व्यक्ति रहेका छन् । उनीहरुविरुद्ध विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

    सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।

    अडिट फर्मको तर्फबाट विभागको सिस्टमा प्रवेश गरी करदाताहरूको कारोबार विवरण आफू अनकूल बढी, घटी बनाई लाभ लिने उदेश्यले भाटभटेनीको करको दायरा बढाइएको अनुसन्धानबाट खुलेको छ । कूल पठाउनु पर्ने करमा आफू अनकूलका व्यक्तिको कम देखाउने त्यस वापतको रकम अर्को करदाताको बढाउने गरेको सीआईबीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij