रवि लामिछाने संलग्न सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस सुरु

रवि लामिछाने संलग्न सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस सुरु

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • रवि लामिछाने संलग्न सुप्रिम सहकारी ठगी प्रकरण : दोस्रो दिनको थुनछेक बहस सुरु

    काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बहस चलिरहेको अदालतले जनाएकाे छ ।

    बिहीबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका थिए ।

    अहिले जाहेरवालाको तर्फबाट बाँकी रहेका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्नेछन् ।

    सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  ।

    लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij