काठमाडौं । सिरहामा आठ दिनदेखि हराइरहेकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाकी ६५ वर्षीया देवी यादवको शव फेला परेको हो ।
उनको शव कर्जन्हा नगरपालिका–६ बेतहास्थित खलिल राइनको पोखरीमा बिहीबार पौने ४ बजे फेला परेको प्रहरीले जनाएको छ ।
उनी माघ २ गतेको बिहान ६ बजेदेखि हराइरहेकी थिइन् । खोज तलासको क्रममा उनको शव बिहीबार पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।