अझै नियन्त्रणमा आएन महाभारतको आगलागी, बस्ती जोगाउन खटाइए सेना–प्रहरी

अझै नियन्त्रणमा आएन महाभारतको आगलागी, बस्ती जोगाउन खटाइए सेना–प्रहरी

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • अझै नियन्त्रणमा आएन महाभारतको आगलागी, बस्ती जोगाउन खटाइए सेना–प्रहरी

    काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको सामुदायिक वनमा लागेको आगो अझै  नियन्त्रण बाहिर रहेको छ । 

    नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको जनाइएको छ ।  मंगलबार दिउँसो २ बजेबाट आगो लागेको हो । 

    सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको जनाइएको छ । बस्ती जोगाउन सेना–प्रहरीलार्य पनि खटाइएको छ ।  

    बिहीबार दिउँसो ३ बजे आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक समेत बस्दैछ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij