काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

    काठमाडौं । काठमाडौंको गौशाला पिगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा होटलको उद्घाटन गरेका हुन् । 

    बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटलको निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो । 

    सुइट, प्रिमियम, सुपर डिलक्स र डिलक्स गरी ८४ कोठा छन् । होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पा, सौना लगायत विशेषता छन् ।

    होटलमा १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले होटलले छिट्टै बजारमा आफ्नो स्थान बनाउने विश्वास गरिएको छ ।

    होटलले युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देशका पर्यटकसँगै बढी पैसा खर्च गर्ने भारतीय पर्यटक बढी लक्षित गर्ने जनाइएको छ । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई होटलमा आकर्षित गर्ने बजार रणनीति रहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij