दिउँसै बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

दिउँसै बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • दिउँसै बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

    काठमाडौं । बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन् । घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको थियो ।

    स्थानीयका अनुसार खोजीका क्रममा उनको शव साढे ३ बजेतिर फेला परेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ ।

    घटनास्थल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायीक वन हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij