काठमाडौं । माघ २९(फेब्रुअरी ३) देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान नियमित गर्ने भएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यी दुई एयरलाइन्सले फेरि नियमित उडान गर्ने बताएका हुन् ।
भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको समेत महानिर्देशक अधिकारीले जानकारी दिए ।