सुदूरपश्चिमका ६ वटा स्थानीय तहमा अझै पुगेन केन्द्रीय सडक

सुदूरपश्चिमका ६ वटा स्थानीय तहमा अझै पुगेन केन्द्रीय सडक

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • सुदूरपश्चिमका ६ वटा स्थानीय तहमा अझै पुगेन केन्द्रीय सडक

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत आवको अन्तिमसम्म सो प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर नै रहेका छन् ।

    साथै, २६ वटा स्थानीय तहमा पनि कच्ची सडकको मात्रै पहुँच रहेको अध्ययनले देखाएको छ ।

    ‘आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म यस प्रदेशको जम्मा ८८ स्थानीय तहहरूमध्ये ६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पहुँच नपुगेको र २६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगेको तर पक्की हुन बाँकी रहेको देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । 

    सो प्रदेशमा सडक पूर्वाधार तर्फ २१२ किमि कालोपत्रे पक्की सडक, १०६ किमि खण्डास्मित (ग्रावेल) सडक र १६० कि.मि माटेसडक गरी कुल ४७८ कि.मि. सडक निर्माण सम्पन्न भएको प्रतिवेदनले देखाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij