प्रहरी परिसर काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द

प्रहरी परिसर काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • प्रहरी परिसर काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका हुन् ।

    यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका थिए । त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो ।

    चन्द प्रहरी वृत्त स्वयम्भूमा काम गरेर केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij