काठमाडौं । भारतको महाराष्ट्रमा रेलबाट हाम फाल्ने क्रममा ११ जनाको मृत्यु भएको छ । रेलमा आगो लागेसँगै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाँचजना घाइते भएका छन् ।
देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र पाँच जनाको उपचार भइरहेको छ ।’
भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन् । ‘त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने ।
भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ । तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।
सरकारी तथ्यांकअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ ।