काठमाडौं । मौसम खराबीका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।
तराई भेगमा बाक्लो हुस्सुका कारण आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ । काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान/अवतरण सामान्य छ ।