रवि लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

रवि लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • रवि लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा

    काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।

    बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएपछि लामिछाने आज कार्यालय खुल्नेबित्तिकै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए।

    लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए । उनी अदालतकफ कार्यालय खुलेपछि अदालत उपस्थित भइसकेका छन् ।

    बयानपछि रविविरुद्धको मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायाधिवक्ता प्रेम पौडेल, सह(न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहु गर्ने छन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिस्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन् । अहिले न्यायाधीशले मिसिल अध्ययन गर्दैछन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij