टर्कीएको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

टर्कीएको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • टर्कीएको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

    काठमाडौं । टर्कीको एक होटलमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। टर्कीको बोलुमा मंगलबार बिहान १२ तले ग्रान्ड कार्टल होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको हो । ५० भन्दा बढी घाइते भएका छन् ।
     
    होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।

    आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।

    आगलागीपछि होटलको कयौंले होटलको झ्यालबाट हामफालेर ज्यान बचाएका थिए। हामफालेर जिउ जोगाएकाहरुको उपचार भइरहेको छ।  आगलागीको घटनापछि रिसोर्टका मालिकसहित ९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

    टर्कीमा बुधबार शोक बिदा दिइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij