काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।