काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी हिजै विमानस्थल हुँदै भैरहवा पुगेका छन् ।
लामिछाने भैरहवाको देवकोटा चोकस्थित एक होटलमा बसेको र आज अदालत हाजिर हुने रास्वपाले जनाएकाे छ । रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।