बसको ढोकाबाट खसेर महिलाको मृत्यु

बसको ढोकाबाट खसेर महिलाको मृत्यु

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • बसको ढोकाबाट खसेर महिलाको मृत्यु

    काठमाडौं । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् ।

    उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

    गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो ।

    सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन् ।

    चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij