काठमाडौं । राजेन्द्र महतोले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । महतोको नेतृत्वमा पेश भएको कागजाताका आधारमा मंगलबार निर्वाचन आयोगले ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामको दल दर्ता भएको हो ।
पार्टीका नेता केशव झाका अनुसार चुनाव चिन्ह ग्याँस सिलिण्डर दिइएको छ ।
पार्टीको झण्डा गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त मान्ने बमोजिम पार्टी आगाडि बढ्ने महतोले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
महन्थ ठाकुरसँग असहमति जनाउँदै महतो लोसपा परित्याग गरेका थिए ।
