रवि लामिछाने आज बुटवल जाँदै, भोली अदालतमा उपस्थित हुने

रवि लामिछाने आज बुटवल जाँदै, भोली अदालतमा उपस्थित हुने

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • रवि लामिछाने आज बुटवल जाँदै, भोली अदालतमा उपस्थित हुने

    काठमाडौं ।  रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् ।

    दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा लामिछाने अहिले त्रिभुवन विमानस्थल रहेको जनाइएको छ ।

    उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij