सप्तरीमा जाडोले कठ्याङ्ग्रीएर एकको मृत्यु

सप्तरीमा जाडोले कठ्याङ्ग्रीएर एकको मृत्यु

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • सप्तरीमा जाडोले कठ्याङ्ग्रीएर एकको मृत्यु

    काठमाडौं । शीतलहरले कठ्याङ्गिएर मंगलबार सप्तरीमा एकजनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ का ५० वर्षीय भुटाइ साहको कठ्याङ्ग्रिएर मृत्यु भएको हाे ।

    मंगलबार बिहान घरदेखि पश्चिम रहेको पोखरीको डिल छेउमा दिशा गर्न गएका बेला साह जाडोले कठ्याङ्ग्रिएर लडेको र सोही ठाउँमा उनको मृत्यु भएको स्थानीयले बताए ।

    मृत्यु भएका साह आर्थिक रूपमा अति विपन्न थिए । तिलाठी कोइलाडी वडा नम्बर- ४ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको घर रहेको वडा पनि हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij