काठमाडौं । सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न सार्वजनिक लेखा समितिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको लेखा समितिको बैठकले मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय गरेको हो ।
मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको जनाइएको छ ।
सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि त्यसको मार उपभोक्ताले खेपिरहेका छन् । निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन् ।