जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सगरमाथा संवादको मिति घोषणा गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् । 

    घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा सहभागी हुन अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई आग्रह गरेका छन् ।

    घोषणा समारोहमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूतहरू, सरोकारवाला निकायहरू र जलवायु परिवर्तन विज्ञहरू उपस्थित थिए ।

    २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ कारणले रोकिएको थियो । जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij